सेनाले सुरक्षा व्यवस्था गरेकै कार्यक्रममा प्रधानमन्त्रीलाई कालो झण्डा

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक युवकले कालो झन्डा देखाएका छन । बुटवलमा चलिरहेको जीतगढी जितगढी किल्ला विजयोत्सवमा मन्तव्य  दिइरहेका बेला ती युवाले नारा लगाउँदै कालो झण्डा देखाएका हुन् ।‘ अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाउदै जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन् भन्दै नारा लगाएका थिए । 

 कालो झन्डा देखाए लगत्तै धिमेरेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री ऐतिहासिक जीतगढी किल्लाको विषयमा बोलिरहेका बेला ती युवकल कालो झण्डा देखाएछि प्रधानमन्त्री ओलीले ‘झण्डा देखाइरहेको छ, के हेरिरहनुभएको तपाईहरु ? भन्दै सुरक्षाकर्मीलाई सचेत बनाएका थिए । प्रधानमन्त्रीले भने। कसैबाट परिचालित भएर झण्डा देखाउँदैमा केही नहुने भन्दै धैर्य रहन उपस्थित सबैलाई आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश–५ का प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्रीहरु विष्णु पौडेल, बालकृष्ण खाणसहित प्रदेशका सभामुख मन्त्री, प्रधानसेनापति सहभागी थिए।

नेपाली सेनाले नै सुरक्षा व्यवस्था गरेकै कार्यक्रममा प्रधानमन्त्रीलाई कालो झण्डा देखाइएको हो । रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी उदय रानाले मानसिक असन्तुलनका कारण त्यस्तो घटना घटाएको दावी गरे। झण्डा देखाउने घिमिरे कुनै दलसँग आवद्ध भएको भने खुलेको छैन। उनी बुटवलमै डेरी व्यवसाय चलाउने रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस