बिपी राजमार्गमा ट्रिपर दुर्घटना एकको मृत्यु

काभ्रे । बीपी राजमार्ग अन्तर्गत काभ्रेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा शनिवार बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सटकबाट अन्दाजी ३०० मिटर तल खोचमा खस्दा टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिकृया दिनुहोस