वैदेशिक रोजगारीमा जानभन्दा नेपालमै तरकारी खेती गर्नु उत्तम

धनगढी । कैलाली गाउँपालिका वडा नम्बर ६ बेनौलीका २४ वर्षीय सञ्जिव चौधरीले व्यावसायिक तरकारीखेती गर्दै राम्रो आम्दानी गर्न थालेका हुन् ।

पैसा कमाउन धमाधम युवा पुस्ता विदेशिने क्रम बढिरहेको बेला गरे नेपालमै के हदै न र किन विदेशी तातो भुमिमा पसिना बगाउने भन्ने सोचका साथ उनी नेपालमै  तरकारीखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । 

वर्षमा चार लाख रुपियाँसम्म आम्दानी भइरहेको छ, उनको भनाई छ ।  

चौधरीले काठमाडौँको एग्रो फार्ममा काम गर्दै तरकारीखेती गर्न सिकेको बताए । उनले  धनगढीमा भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गरिरहेको बताएका छन् । 

करेला, टमाटर, बोडी, काँक्रोको खेती गर्दै आएका छन् । चौधरीका अनुुसार, तरकारी त अरू पनि हुन्छ तर फाइदा करेला र काँक्रोमा बढी हुन्छ । 

अन्य किसानको बारीमा करेला भर्खर पलाइरहेको बेला चौधरीको बारीमा धमाधम उत्पादन भइरहेको छ ।

उनले फागुन महिनादेखि नै करेला बिक्री गर्न थालेको बताएका छन् । १३ कट्ठा जमिनमा गरिएको करेलाखेतीबाट कुनै–कुनै दिन ५० किलोसम्म उत्पादन भइरहेको छ, उनले भने , अहिलेसम्म ६०÷७० हजार रुपियाँको करेला बिक्री गरिसकेँ । 

यस वर्ष सुरु सुरुमा करेला प्रतिकिलो दुई सय रुपियाँमा पनि बिक्री भएको थियो ।

 उत्पादन बढ्दै गएपछि बजारभाउ घट्दै गएको छ ।

हाल प्रतिकिलो ९० रुपियाँमा यो गइरहेको चौधरीले बताए । उनले उत्पादन गरेको तरकारी धनगढीकै व्यापारीले थोकमा खरिद गर्दै आएका छन् ।

 नजिक बजार भएकाले बिक्री गर्न समस्या छैन । अहिलेसम्म जुनसुकै तरकारीले राम्रो बजार पाएको उनी बताउछन् ।  पहिलो वर्ष धनगढीमा तरकारीखेती गर्दाउनले  फाइदा लिन सकेनन् ।

 उत्पादन राम्रो नहुँदा लगानी निकाल्न पनि समस्या भएको थियो ।यहाँको माटो, वातावरण सबै बुझ्दै गएपछि अब तरकारीखेती सपिँ्रदै गएको बताउछन् ।


चौधरीले प्रतिकट्ठाको वार्षिक तीन हजारका दरले भाडा तिर्ने गरी जग्गा लिजमा लिएका थिए । उक्त जग्गामाउनि  घरका अन्य सदस्यले पनि काम पाइरहेका छन् । 

तीन वर्षसम्म व्यावसायिक तरकारीखेती गरेर एउटा ट्रयाक्टर, एउटा मोटरसाइकल किनेको चौधरीले बताए । 

प्रतिकृया दिनुहोस