आईपीएल: बैंगलोरको दोस्रो जित, कोलकत्ता १० रनले पराजित

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।

कोलकत्तास्थित इडेन गार्डेन्समा बैंगलोरले दिएको २१४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो । 

कोलकत्ताका लागि नितिस रानाले अविजित रहदै ८५ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै आन्द्रे रुसेलले रनको अर्धशतकीय इनिङस खेले । सुनिल नारिने १८ रनमा आउट भए । बैंगलोरका डेल स्टेनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २१३ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले १०० रनको शतकीय इनिङ्स खेले । कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै मोइन अलिले ६६ रनको अर्धशतकीय इनिङस खेले ।

कोलकत्ताका कुलदिप यादव, आन्द्रे रसेल,ह्यारी गुर्नी र सुनिल नारिनले १/१ विकेट लिए ।

यो जितसंगै बैंगलोर कोलकत्तासंग पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ  । बैंगलोरको मैदानमा भएको खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको थियो ।

जितसगै पुछारको बैंगलोरले ९ खेलबाट ४ अंक जोडेको छ । कोलकत्ताले ८ खेलमा ८ अंक जोडेको छ । कोलकत्ता लिगको छैटौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...