चेल्सी र आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा

काठमाडौं । चेल्सी र आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । चेल्सीले साल्भिया प्राग र आर्सनलले नापोलीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पहिलो लेगमा २–० को जित निकालेको आर्सनलले घरेलु मैदानमा भएको दोस्रो लेगमा एक गोल थप्दै समग्रमा ३–० को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो । आर्सनलको जितमा एलेजान्द्रे लाकाजेटीले २६ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । आर्सनलले सेमिफाइनलमा स्पेनिस क्लव भ्यालेन्सियासँग आगामी जुन २ तारिखमा खेल्नेछ ।

युरोपा लिगअन्तर्गत नै गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा चेल्सीले साल्भिया प्रागलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चेल्सीले समग्रमा ५–३ गोलअन्तरले सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो लेगमा १–० को अग्रता बनाएको चेल्सीले दोस्रो लेग निकै प्रतिस्पर्धात्मक भए पनि नतिजा आफ्नो पक्षमा पारेको हो । चेल्सीले सेमिफाइनलमा अब फ्रान्कफर्टसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...