धनकुटा बेलहराका विद्यार्थीले गरे हवाई जहाजमा यस्तो मस्ती

काठमाडौं । धनकुटा नगरपालिका वडा नं. ९ बेलहरामा बिमानसथल निर्माण हुँदैछ । अर्थात् डिपिआर सकिएको छ । तर, कहिले बन्छ भन्ने थाहा छैन । यहाँका बासिन्दा चाडै आफ्नो ठाउँमा दैनिक रुपमा हवाई जहाज आउँछ भन्ने प्रतिक्षामा छन् ।

यहाँको आकासबाट अहिलेसम्म हवाई जहाज उढेकोसमेत देखिँदैन । तर, यहीका ३५ जना बालबालिका हवाई जहाज चढेर मस्ती गर्दै काठमाडौं आएका छन् । उनीहरु बेलहराबाटै हवाई जहाज चढेर चाँही आएका होइनन् । 

उनीहरुलाई धनकुटा नगरपालिका वडा नं. ९ को कार्यालय बेलहराले यसरी कलिलो उमेरमै हवाई जहाज चढ्ने अवसर जुटाई दिएको छ । यसको मुख्य योजनाकार हुन् वडाध्यक्ष सन्दिप रायमाझी (मनोज) । उनकै पहलमा हजाई जहाजको रुपसमेत नदेखेका बालबालिका हवाई जहाज चढेर काठमाडौं आइपुगेका छन् ।

यस्तो छ लक्ष्य

पूर्वको सुविधासम्पन्न जिल्ला भए पनि हालसम्म धनकुटामा विमानस्थल छैन । यहाँका वडाध्यक्ष रायमाझी चार महिनाअघि सिंगापुर र मलेसिया गएका थिए । उनले त्यहाँका बालबालिकाको अवस्थाको अध्ययन गरेपछि उनले यस्तो सोच बनाएका थिए, जुन सोच उनले पूरा गरेका छन् । 

वडाध्यक्ष रायमाझीले वडाबाट २ लाख ५० हजार, धनकुटा नगरपालिकाबाट २ लाख रुपैयाँ सहयोग मागे । अहिले जहाँजहाँ आफ्नो पहुँचले भ्याउँछ, त्यहीका साथीहरुसँग सहयोग माग्दै ३५ जना बालबालिकालाई खुसी दिइरहेका छन् । यतिसम्मकी उनले यति एयरलाइन्ससँग पनि हारगुहार गरेर छुट मागेर विद्यार्थीको रहर पूरा गरिदिए  । 

आफ्नो वडाबाट बाहिर ननिस्किएका र उनीहरुलाई शिक्षाको महत्वको बारेमा जानकारी दिन सके उनीहरुको भविश्य राम्रो हुन्छ भनेर पनि आफुले साना बालबालिकालाई अध्ययन भ्रमणमा ल्याएको उनी बताउँछन् । उनीहरुलाई काठमाडौं, पोखरा, मनकामना गोरखा, चितवन लगायतका स्थानमा घुमाउने योजना छ । 

दंग विद्यार्थी

यहाँ अर्थात् यो वडामा एक माविसहित ७ वटा विद्यालय छन् । ३ वटा विद्यालयमा चाँही कक्षा ३ सम्म मात्रै पढाई हुन्छ । अहिले ४ वटा विद्यालयका ३५ जना विद्यार्थी, जो अध्ययनमा निपूर्ण छन् । 

जो गरिव, असाय, विपन्न र पछाडि पारिएका विद्यार्थी छन्, उनीहरुलाई  काठमाडौं लगायतका मुख्य ठाउँ घुम्ने गरी काठमाडौं आएका छन् । अहिले ९ वर्षदेखि १५ वर्षसम्मका विद्यार्थी काठमाडौंमा रमाइरहेका छन् । 

देउराली मावि वेलहराबाट भर्खर ९ पास गरेकी सीमा भण्डारी पहिलोपटक हवाई जहाज चढिन् । उनलाई बस चढ्नु सामान्य हो । किनकी धनकुटका प्रत्येक वडामा बस पुग्छ । 

‘पहिलोपटक प्लेन चढेँ’ उनले भनिन्, ‘सुरुमा निक्कै डर लागेको थियो । तर, पछि त केही भएन ।’ उनी काठमाडौं विमानस्थल ओर्लिदा निक्कै खुसी देखिन्थिन् । उनी जस्तै खुसी थिए देउराली माविकै सरोज बस्नेत पनि ।

अध्ययन भ्रमणका लागि भनेर देउराली माविबाट २१ जना विद्यार्थी, २ जना शिक्षक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष आएका छन् भने थानी निमावी, गुठिटारबाट ५ जना विद्यार्थी र १ जना शिक्षक, कौशिका निमावी मुलघाट ५ जना विद्यार्थी १ जना शिक्षक र बाल कल्याण प्रावि बेलहरावेसीबाट ३ जना विद्यार्थी १ जना शिक्षक आएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...