जारी आईपीएलमा शीर्ष स्थानको चेन्नई हैदरावादसंग ६ विकेटले पराजित

काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स पराजित भएको छ ।

बुधबार भएको खेलमा चेन्नई सनराइजर्स हैदरावादसंग ६ विकेटले पराजित भएको हो । राजिब गान्धी क्रिकेट स्टेडियममा चेन्नईले दिएको १३३ रनको सामान्य लक्ष्य घरेलु टोली हैदरावादले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

हैदरावादका लागि जोनी बैयर्स्टो र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बैयर्स्टोले अविजित ६१ रन जोड्दा वार्नरले ५० रन बनाए । चेन्नईका इमरान ताहिरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । चेन्नईका लागि फाफ डु प्लेसिसले ४५ रन जोड्दा सेन वाट्सनले ३१ रन बनाए । हैदरावादका राशिद खानेले २ विकेट लिए ।

घरेलु टोलीसंगको हारसंगै चेन्नईले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ । चेन्नईले ९ खेलबाट १४ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ ।

चेन्नईलाई हराएसंगै हैदरावादले भने अंक तालिकामा सुधार गरेको छ । हैदरावाद ८ खेलबाट ८ अंक जोडेको छ । हैदरावाद पाँचौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस