नेपाली यू–१६ क्रिकेट टिमको घोषणाः पहिलो खेल म्यानमारसँग

काठमाडौं । थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनिको पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

यही वैशाख ७ देखि १५ गतेसम्म हुने सो प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् ।

छनोट हुने अन्य खेलाडीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल र किस कार्की छन् ।

त्यसैगरी तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा पनि छनोटमा परेका छन् ।

वैकल्पिकतर्फ अभिशेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शी रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही वैशाख ७ गते म्यान्मारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । समूह ए’ मा रहेको नेपालको समूहमा आयोजक थाइल्याण्ड र मलेसिया छन् ।

त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भुटान र चीन रहेका छन् । नेपाली टोली बिहीबार थाइल्याण्ड जानेछ ।    

प्रतिकृया दिनुहोस