जारी आईपिएलमा आज एक खेल हुँदै, चेन्नईलाई रोक्ने हैदरावादको योजना

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ ।

हैदरावादमा हुने खेलमा घरेलु टोली सनराइजर्स हैदरावाद र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ । हैदरावाद र चेन्नईबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।

राजिब गान्धी क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । चेन्नई आफ्नो जितको लयलाई कायम राख्न चाहन्छ । घरेलु टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने पक्षमा हुनेछ ।

आठ खेलमा एक मात्र हार व्यहोरेको चेन्नई १४ अंक सहित शीर्ष स्थानमा छ । चेन्नई घरेलु टोलीलाई हराएर प्ले अफ सम्भावना  चाहन्छ । 

यता, घरेलु टोली हैदरावाद चेन्नईको विजय यात्रालाई पूर्णविराम लगाउँदै शीर्ष चारमा पुग्न चाहन्छ । हैदरावाद ७ खेलबाट ६ अंक जोडेर छैटौं स्थानमा छ  ।

चेन्नई र हैदरावादबीचको पछिल्लो पाँच भेटमा चेन्नई बलियो रहेको छ । चेन्नईले ४ खेलमा जित निकाल्दा हैदरावादले एक खेल जितेको छ ।

प्रतिकृया दिनुहोस