जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले आज मलेसियासंग खेल्दै

1555144731u 19

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले आज (मंगलबार) घरेलु टोली मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले तेस्रो खेलमा तुलनात्मक कमजोर टोली मलेसियासंग खेल्न लागेको हो ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७:४५ मा सुरु हुनेछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीविरुद्ध सहज जितको खोजीमा हुनेछ ।

पछिल्ला ५ खेलको नतिजालाई आधार मान्ने हो भने नेपाल घरेलु टोलीविरुद्ध हावी हुने देखिन्छ । पछिल्ला पाँच खेलमा मलेसियाले नेपाललाई हराउन सकेको छैन । नेपाल शतप्रतिशत जितमा रहेको छ । नेपाल उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।

मलेसियाविरुद्ध जित निकाल्दै नेपाल विश्वकपमा छनोट हुने सम्भावना कायम राख्ने योजनमा हुनेछ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया पाँचौ स्थानमा रहेको छ ।

छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ ।

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।

सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...