अपडेटः समिट एयरको जहाज मनाङ र श्री एयरको हेलिकप्टरसँग ठोक्कियो, २ जनाको मृत्यु

विमान ठोक्किएलगत्तै आगो

56580467 425169968259466 5260285380736843776 n

काठमाडौं । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए ।

प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट भने च्यापिएको अवस्थामा भेटिएकाले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै मृत्यु हुनेमा पर्यटक प्रहरी असई रामबहादुर खड्का रहेका छन् । विमानस्थल सुरक्षाका एकजना असई रुद्रबहादुर श्रेष्ठ घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको छ ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ ।

 

प्रतिकृया दिनुहोस