मेसीसहित ६ खेलाडी नहुँदा बार्सिलोना बराबरी, ४ खेलाडीको डेब्यू

1986580228326342406 bar

काठमाडौं ।  स्पेनिस ला लिगामा लिओनल मेसीसहित पहिलो रोजाइका ६ खेलाडी नभएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई हुएस्काले गोलरहित बराबरीमा रोकेको हो।

खेलमा बार्सिलोनाले कप्तान लिओनल मेसी र सर्जियो बुस्केटलाई आराम दिइएको थियो। लुइस सुआरेज र जेरार्ड पिके पहेँलो कार्डका कारण प्रतिबन्धमा थिए। इभान राकिटिक विरामी परेका थिए भने सर्जियो रोबर्टो घाइते भएका थिए।

खेलमा जिन क्लाइर, जेइसन मुरिलो, माउसा वागी र रिगुइ पुइले डेब्यू गरे। 

लिगको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ।

लिगमा शीर्ष स्थानको बार्सिलोनाको ३२ खेलबाट ७४ अंक छ भने दोस्रो स्थानको एट्लेटिकोको ६५ र एक खेल कम खेलेको तेस्रो स्थानको रियल म्याड्रिडको ६० अंक छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...