आईपीएलमा मुम्बईले दियो राजस्थानलाई १८८ रनको लक्ष्य

Rr vs mi

काठमाडौं । भारतमा जारी बाह्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा मुम्बई इन्डियन्सले राजस्थान रायल्सलाई १८८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले व्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको हो। मुम्बईका लागि क्विन्टिन डि ककले ५२ बल खेल्दै चार छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ८१ रन बनाए। यस्तै कप्तान रोहित शर्माले ४७, हार्दिक पाण्ड्याले २८ र सूर्यकूमार यादवले १६ को योगदान दिए। अघिल्लो खेलमा पञ्जाव विरुद्ध ३१ बलमा ८३ रनको विस्फोटक पारी खेलेका करण पोलार्ड मात्रै ६ रनमा आउट भए।

बलिङतर्फ राजस्थानका जोफ्रा अर्चरले सर्वाधिक तीन विकेट तथा धवल कुलकर्नी र जयदेव उनाड्काटले एक–एक विकेट लिए।

मुम्वई ८ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ भने राजस्थान २ अंकका साथ सातौँ स्थानमा रहेको छ। १८८ रनको लक्ष्य पछ्याएको राजस्थानले भर्खरै जवाफी व्याटिङ थालेकाे छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...