पूर्वराजा भन्छन्, मुलुकको बृहत्तर हित र राष्ट्रिय एकताका लागि एक हुनुको विकल्प छैन

Gyanendra shaha

काठमाडौं । आइतबारदेखि नयाँ वर्ष सुरु हुँदैछ । नयाँ वर्षको उपलक्ष्यमा नेतादेखि सर्वसाधारणसमेतले शुभकामना बाढिरहेका छन् । यसैक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि देशबासीलाई शुभकामना दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले मुलुकप्रति आफ्नो आस्था र निष्ठामा अडिग रहेको दावी गरेका छन् ।

उनले विगतमा सबैबाट जे जस्ता कमी कमजोरी भए पनि तिनको आत्म समिक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र एक्यबद्ध भएर अघि बढ्नूको विकल्प नभएको पनि बताएका छन् । उनले राष्ट्रिय अखण्डताता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको आफु रहेको उल्लेख गरेका छन् ।

‘अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटिलाई मात्र अंगालेर पुग्दैन’ उनले भनेका छन्, ‘जनताको घर दैलोमा हामी पूग्दा जनताका अनगिन्ती समस्या र दूर्दान्त पीडा रहेको पाएका छौं ।’

‘मूलूकप्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ । देश सूहाउदो प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित राजनिती, शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हूनू पर्दछ भन्ने सधै विश्वास रही आएको छ’ उनले आफ्नो विज्ञप्तीमा देशको चिन्ता सबैले गर्नुपर्ने पनि बताएका छन् ।

‘लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशाी भुमिमा भौतारिनुपर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सूख र शान्ति प्राप्त हून नसक्ने यस्तो नाजूक अवस्था अझैं कति रही रहने र स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ’ शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिकृया दिनुहोस