आईपीएलमा कोलकातालाई पराजित गर्दै चौथो स्थानमा पुग्यो दिल्ली

Tcaguwpfvs9ryrxzkq63

कोलकाता। दिल्ली क्यापिटल्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध टिम दिल्लीले चौथो जित निकालेको हो । तर, कोलकाताविरुद्ध दिल्लीले सन्दीपलाई मैदान प्रवेश गराएन ।

इडेन गार्डेनमा कोलकाताले दिएको १७९ रनको लक्ष्य दिल्लीले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । दिल्लीको जितमा शिखर धवनले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रन बनाए । उनले ६३ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए ।

यस्तै दिल्लीका ऋषव पन्तले ४६ रन जोड्दा पृथ्वी र कोलिन इन्ग्रामले समान १४/१४ रन जोडे । कोलकाताका प्रसिद्ध कृष्ण, आन्द्रे रसेल र नितिश रानाले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । कोलकाताका लागि सुवमन गिलले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रन बनाए । यस्तै आन्द्रे रसेलले ४५ तथा रोविन उथप्पाले २८ रन जोडे । पियुस चावला १४ रनमा अविजित रहे ।

दिल्लीका क्रिस मोरिस, कागिसो राबडा र पाउल किमोले २÷२ विकेट लिए ।

जितसँगै दिल्लीले ७ खेलमा ४ जितसहित ८ अंक जोडेको छ । दिल्ली लिगको चौथो स्थानमा छ । दोस्रो स्थानको कोलकाताको ७ खेलबाट ८ अंक छ । योसँगै दिल्लीले यस सिजन कोलकातालाई लगातार दोस्रो पटक हराएको छ । पहिलो भेटमा पनि दिल्लीले कोलकातालाई सुपर ओभरमा हराएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...