यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले सानदार जित

सिंगापुर ६५ रनमा अलआउट

Nepal u19 cricket team

काठमाडौं । सिंगापुरलाई २ सय १७ रनको भारी अन्तरले नेपालले यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो ।

नेपालका कप्तान रोहित कुमार पौडेल शतक बनाउनबाट ५ रनले चुके । उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । जसमा पवनले ४७ रन बनाए । रीत गौतम तीन रनमा र आशिफ शेख आठ रनमा आउट भएपछि नेपालले १९ रनमा दुई विकेट गुमाएको थियो ।

नेपालका लागि भिम सार्कीले २६ तथा कुशल मल्लले १० रन बनाए । सातौं विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुरर्‍याएका थिए । तर रासिद ४८ रनमा रनआउट हुँदा नेपालका स्कोर दुई सय ३७ रन थियो ।

सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो । ९ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले २९ रन बनाउदा चार विकेट खेर फालेको थियो । नेपालका लागि रासिद खान र कुशल मल्लले चाब्रियालाई दुई रनमा रन आउट गरे । त्यसपछि नेपालले सिंगापुरको स्कोर १४ रन हुँदा दोस्रो विकेट लिन सफल भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...