यू-१९ विश्वकप एसिया छनोट: नेपाल र सिंगापुर भिड्दै, हेड टु हेडमा को बलियो ?

U 19

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपाल र सिंगापुरबीचको खेल बिहान ७:४५ मा सुरु हुनेछ । र, दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

आठौं पटक विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

यू-१९ क्रिकेटको इतिहासमा सिंगापुरविरुद्ध नेपाल सधै हावी हुँदै आएको छ । त्यसैले रोहित कुमार पौडेलको कप्तानीमा नेपाललाई पहिलो खेल सहज हुने अनुमान गरिएको छ ।

हेड टु हेड

नेपाल र सिंगापुरको यू-१९ टोलीबीच अहिलेसम्म ९ खेल भएको छ । जसमा नेपाल पूर्ण रुपमा हाबी भएको छ । नेपालले सिंगापुरविरुद्ध ८ खेलमा जित हात पारेको छ । सिंगापुरविरुद्ध हार नखेपेको नेपालले सिंगापुरसंग १ खेलमा खराब मौसमका कारण बराबरी खेलेको छ ।

नेपाल र सिंगापुर पहिलो पटक सन् १९९९ को युथ एसिया कपमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपालले सिंगापुरलाई ७० रनमा रोकेको थियो । तर, नेपालले जवाफी ब्याटिङ गरिरहदा बर्षाको कारण खेल रोकिएपछि खेल नतिजाविहीन भएको थियो । बर्षाले रोकिनुअघि नेपालले ५ ओभरमा बिना विकेटको क्षतिमा २६ रन बनाएको थियो ।

यस्तै नेपालले सिंगापुरसंग सन् २००३ को युथ एसिया कपमा दोस्रो पटक खेलेको थियो । उक्त खेलमा नेपालले १४३ रनको फराकिलो जित निकालेको थियो ।

नेपालले सन् २००५ को एसीसी यू-१९ क्रिकेटको क्वाटरफाइनलमा पनि सिंगापुरलाई १०० रनले हराएको थियो । यस्तै नेपालले सन् २००७ र २००९ को एसीसी यू-१९ एलिट कपमा क्रमश ७ विकेट र ३ विकेटले सिंगापुरलाई पराजित गरेको थियो ।

गत संस्करणको यू-१९ विश्वकप छनोटमा नेपालले सिंगापुरसंग दुई खेल खेलेको थियो । जसमा नेपालले ४ विकेट र २२ रनको जित निकालेको थियो । तर, नेपाल उक्तबाट विश्वकपमा पुग्न असफल भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...