महिला यू-१९ फुटबल टोली बुधबार चीन जाने

Pp

काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिपको दोस्रो चरणको छनोटको तयारी गर्न नेपाली यू-१९ महिला टोली बुधबार चीन जाने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले नेपाली टोली छनोटको तयारी र दुई मैत्रीपूर्ण खेल खेल्न बुधबार चीन जाने बताए ।

'छनोटका लागि नेपाली टोलीले चीनमा दुई खेल खेल्नेछ,' प्रवक्ता राईले भने, 'बुधबार जाने टोलीले एक युथ टोली र एक प्रदेशको टोलीसंग खेल्नेछ ।'

प्रवक्ता राईले नेपाली टोलीले चीनको यू-१५ महिला टोली र चेन्दुक प्रान्तको यू-१८ टोलीसंग खेल्ने जानकारी गराए । तर, प्रवक्ता राईले खेल मिति तय नभएको बताए ।

नेपाली टोली अप्रिल २३ सम्म चीनमा रहने छन्  । नेपाली टोली त्यहिँबाट थाईल्याण्ड जानेछ ।

दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुनेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

छनोटको समूह 'ए' मा रहेको नेपालले बलियो टोलीहरु अष्ट्रेलिया,उज्वेकिस्तान र म्यानमारसंग खेल्नेछ ।

नेपालले पहिलो खेलमा अप्रिल २६ मा अष्ट्रेलियासंग खेल्नेछ । यस्तै नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ ।

यसअघि थाईल्याण्डमै भएको पहिलो चरणको छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...