आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो खेलमै आर्मी र गण्डकीले बाँढे अंक

Hakki nepaljung

नेपालगञ्ज । नेपालगन्जमा सुरु भएको आठौँ राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश बराबरीमा रोकिएका छन् ।

मंगलप्रसाद माध्यमिक विद्यालयको चौरमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश बराबरीमा सकिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन। दुवै टिमले गोल गर्न नसकेपछि १–१ अंक बाँडिएको छ ।

सेनासँग हक्कीका ६ जना र गण्डकी प्रदेशसँग हक्कीका अन्तर्राष्ट्रिय खेलाडी खेलिरहेका छन् । भर्खरै सम्पन्न गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय प्रतियोगिताको गण्डकी प्रदेश विजेता र सेना उपविजेता हुन् । सेना ७औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भने विजेता हो ।

दोस्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ बीच सुरु भएको छ । बेलुकी तेस्रो खेल प्रदेश नं। ५ र प्रदेश नं.१ बीच हुनेछ भने बुधबार नै प्रदेश २ र प्रदेश ३ बीच हुनेछ । विहीवार पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

२९ चैतमा गण्डकी प्रदेश र २ नं. प्रदेश बीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं. प्रदेशबीच प्रतिष्पर्धा हुने छ । तेस्रो खेल ५ नं. प्रदेश र कर्णाली प्रदेशबीच खेल हुने भएको छ । ४ बैशाखसम्म संचालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश वीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं. ३ बीच हुने भएको छ ।

१ बैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिसबीच हुने छ । दोस्रो खेल गण्डकी प्रदेश र ३ नं. प्रदेशबीच तथा तेस्रो खेल १ नं. प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । २ बैशाखमा २ नं. प्रदेश र नेपाल पुलिसबीच खेल हुनेछ । ३ बैशाखदेखि सेमीफाइनलका खेल हुने भएको छ भने ४ बैशाखमा फाइनल खेल हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...