वुल्भ्सलाई पराजित गर्दै वाट्फोर्ड एफए कप फुटबलको फाइनलमा

Umansa

एजेन्सी । वुल्भ्सलाई पराजित गर्दै वाट्फोर्ड इन्ग्लिश एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनलमा वुल्भ्सलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै वाट्फोर्ड फाइनलमा प्रवेश गरेको हो ।

योसंगै वाट्फोर्डले दोस्रो पटक एफए कपको फाइनलमा स्थान बनाएको छ । 

वाट्फोर्डलाई जेर्राड डेउलोफेउले दुई गोल गरे । यस्तै ट्रोए डेनीले एक गोल गरे । वुल्भ्सका म्याट डोहेर्टी र राहुल जेमिनेजले एक एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०४ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाट्फोर्डलाई जित दिलाए ।

त्यसअघि खेलको ३६ औं मिनेटमा डोहेर्टीले गोल गर्दै वुल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६२ औं मिनेटमा जेमिनेजले गोल गर्दै वुल्भ्सको अग्रता २-० को बनाए ।

तर, खेलको ७९ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाट्फोर्डलाई २-१ को स्थितिमा ल्याए  । त्यसपछि खेलको इन्जुरी समयमा वाट्फोर्डका डेनीले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

अब वाट्फोर्डले उपाधिका लागि म्यानचेस्टर सिटीसंग खेल्नेछ । पहिलो सेमिफाइनलमा ब्राइटनलाई हराउँदै सिटी फाइनलमा पुगिसकेको छ  ।   

प्रतिकृया दिनुहोस