आईपीएलः बैंगलोरद्वारा दिल्लीलाई १५० रनको लक्ष्य

Rato

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन बनाए । यस्तै मोइन अलीले ३२ तथा आकाश दीप नाथले १९ रन बनाए । एबी डी भिलियर्स १७ रनमा आउट हुँदा मार्कुस स्टोइनिसले १५ रन बनाए । बैंगलोरलाई सस्तैमा समेट्न दिल्लीका कागीसो राबडाले २१ रन खर्चिएर ४ विकेट लिए । यस्तै क्रिस मोरिसले २ विकेट झारे ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४६ रन खर्चिएर १ विकेट लिए । बैंगलोरविरुद्ध १ विकेट लिएसंगै सन्दीपले टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गरे । आज दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेका छन् । दिल्ली बैंगलोरविरुद्ध चौंथो जितको खोजीमा रहने छन् । दिल्लीले ५ खेलमा २ जित निकालेको छ । दिल्ली छैटौं स्थानमा छ । यता, बैंगलोर भने पहिलो जितको खोजीमा हुनेछन् । अघिल्ला पाँच खेल गुमाएको बैंगलोर पुछारमा छ  ।

 

प्रतिकृया दिनुहोस