दक्षिण ललितपुरलाई ७८औं जिल्ला बनाउन हिम्मत किन नगर्ने ?

सास्ती खेपेर पाटन/लगनखेल धाउन जरुरी छैन

Dilip neupane

देशको राजधानी काठमाडौंसँग जोडिएको ललितपुर जिल्लाको ८० प्रतिशत भन्दा बढी भूभाग ललितपुर निर्वाचन क्षेत्र नं १ मा पर्छ । १ नं क्षेत्र भौगोलिक, आर्थिक, सामाजिक, राजनैतिक चेतना, सामाजिक जीवनस्तर एंवम् मानव सुचांकको दृष्टिकोणले पनि क्षेत्र नं. २ र ३ भन्दा पछाडि परेको कुरा आम दक्षिण ललितपुरबासी एवम् क्षेत्र नं. १ बाट निवार्चित जनप्रतिनिधि एवं प्रदेश सरकार प्रतिनिधिहरुलाई विदितै छ ।

दक्षिण ललितपुरको भौगोलिक बनावटको कारण बिकास निर्माण आफैँमा चुनौतिपूर्ण छ, तैपनि प्रजातन्त्रको पुर्नस्थापना एवं गणतन्त्रको शुरुवातसँगै थोरै भए पनि सम्भावना बढेर गएको छ । ललितपुरबाट मकवानपुर जोड्ने कान्तिलोक पथको निर्माण कार्य पनि तदारुकताका साथ भइरहेको छ । जसले देशको राजधानी काठमाडौं एवं प्रदेश ३ को राजधानी हेटौडाको दुरीलाई अबका केहि महिनामै २ देखि ३ घण्टामा जोडिदै छ । यो आफैँमा ललितपुर जिल्लाको लागि गौरबको बिषय हो ।

ललितपुर जिल्लाको सदरमुकाम पाटन/लगनखेल भौगोलिक एवम सेवा सुविधाको हिसाबले भरिपूर्ण छ । केन्द्र सरकारको मुख्यालय सिहदरवारसँग ४ किमीको दुरीमा छ । पाटन/लगनखेलको आसपासका क्षेत्र जावलाखेल, पुल्चोक, सानेपा जस्ता ठाउँहरुमा विभिन्न सरकारी कार्यालयहरु, अस्पतालहरु, शिक्षालयहरु, बिदेशी कुटनीतिक नियोगका कार्यालयहरु समेत छन् । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ र ३ हुँदै ललितपुर जिल्लाकै क्षेत्र नं. १ का उपत्यका भित्रैका बिभिन्न स्थानहरु जस्तै लुभू, गोदावारी, चापागाउँ, छम्पी, डुकुछापलगायत उपत्यका बाहिर पर्ने दक्षिण ललितपुरको साविक १६ गाबिसहरुसहित छिमेकी जिल्ला मकवानपुरको उत्तरी भाग, काभे्रको पश्चिमी भाग र सिन्धुली जिल्लाको केहि भागका मानिसहरुको प्रशासनिक तथा व्यावसायीक कामको लागि प्रमुख व्यावसायीक केन्द्र पाटन/लगनखेल हो । जसले जिल्लाकै व्यावसायीक एवम् प्रशासनिक काम, राजस्वलगायत आर्थिक क्रियाकलापमा मद्घत पु¥याइरहेको छ ।

विशेषत ललितपुर जिल्लाको केन्द्र पुग्न निर्वाचन क्षेत्र नं. १ का जनताले क्षेत्र नं. २ र ३ को प्राचिन घना बस्तीहरु सुनाकोठी, ठेचो, ठैब, हरिसिद्घि, सानागाऊ, लुभु बुगमति जस्ता प्राचीन ऐतिहासिक बस्तीको बीचबाट साँगुरा एवं जीर्ण सडक पार गरेर घण्टौ घण्टा ट्राफिक जाममा फस्दै धुलो र धुवाँबाट बच्न हिउँदमा समेत थोत्रा रेनकोट ओढेर अनुहार ढाकिने गरी मास्क लगाएर, बर्काे तथा रुमालले टाउको छेकेर कुनै आतंककारी अथवा चोर, डाँकाको भेषमा सदरमूकाम पाटन/लगनखेल आउने जाने गर्नुपर्दछ । पुरुष तथा महिलाहरु घरमा काखे दुधे बालक छाडेर, आफ्ना बृद्ध बृद्धा बुवा आमा, सासु ससुरा छाडेर विभिन्न कामको लागि युवा युवतीहरु, नयाँ सम्भावना खोजीका लागि भविश्यको सपना बोकेर आधुनिक एवं स्तरीय शिक्षा हासिल गर्न स्कुल तथा कलेज पढ्ने बालबालिकाहरु घण्टौ घण्टा ट्राफिक जाममा फस्दै केन्द्र धाउने परम्परा बढ्दै गएको छ ।

ग्वार्को–लुभु, सातदोबाटो–गोदावरी, सातदोबाटो–चापागाउँ–लेले, एकान्तकुना–छम्पी–टिकाभैरव, एकान्तकुना–बुङमति–डुकुछाप सडक केन्द्र सरकारको विशेष पहलमा सडक बिस्तार आयोजनाअन्र्तगत ३ वर्षअघि नै ठेक्का सम्झौता भई सडक विस्तार एवं निर्माण कार्यको प्रक्रिया अगाडी बढेको अबस्थामा स्थानीयवासी, विभिन्न नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु क्षेत्र नं. २ र ३ का निर्वाचित जनप्रतिनिधि, २ र ३ का प्रदेशका निर्वाचित जनप्रतिनिधिको असहयोगका कारण सडक बिस्तार हुन नसकेको र आम दक्षिण ललितपुरबासीको दैनिकी बर्वाद भइरहेको छ । दक्षिण ललितपुरबाट मानिसहरु विभिन्न ठाउँमा पलायन हुने क्रम बढ्दो रुपमा रहेको आम दक्षिण ललितपुरबासीलाई अवगत नै छ ।

एक नमूना उदाहरणको रुपमा विस्तारित सातदोबाटो–चापागाउँ सडक खण्डको प्राचिन सँस्कृतिले भरिपूर्ण सुनाकोठी बस्तीमा सडक सीमाभित्र बनाइएको पाटी र सुनाकोठी चौतारामा पुनर्निर्माण हुन लागेको चौतारो आफैँमा सडक बिस्तार अवरोधको नमूना हो । हामी दक्षिण ललितपुरबासी चाहन्छौ कि कुनै पनि समाज निर्माणको प्रमुख पक्ष भनेको त्यहाँको सँस्कृति, सम्पदा, भेषभूषा, खानपान, जीवनशैली नै समाज हो । सँस्कृति, सम्पदालाई जीवन्त राख्न भविश्यका सुन्दर बालबालिकालाई आफ्नो प्राचिन कला सँस्कृतिबारे जानकारी गराउन मानव समाजको विकास क्रमबारे अध्ययन गर्न यसको मौलिक सँस्कृति इतिहासबारे जानकारी गराउन सम्पदाको जगेर्ना गर्नै पर्दछ ।

सडक विस्तारका नाउमा त्यस्ता प्राचिन सम्पदालाई भत्काउन र बिर्गान हुँदैन । कुनै पनि नागरिकलाई सुकुम्बासी पनि बनाउन हुँदैन । यो राज्यले सोच्नुपर्ने बिषय हो । कुनै पनि समाजको मौलिक संस्कृति सम्पदालाई नास गरेर आधुुनिकतामा जानुपर्छ र विद्यमान प्राचिन बस्तीलाई बिगार्नुपर्छ भन्ने मान्यता पनि हाम्रो हैन । तर बर्षाैदेखि भग्नावशेषका रुपमा रहेका/भएका अनाधिकृत बिषयवस्तुलाई उचित संरक्षण गरी निकास दिनुपर्ने आवश्यकता छ । आज पनि विकल्पमा जान सकेनौ भने हाम्रो जिल्लाको भविष्य के होला ?

आम दक्षिण ललितपुर निर्वाचन क्षेत्र नं. १ का नागरिक समुदायहरु, सडक बिस्तार पनि नहुने, राज्यले विकल्प पनि दिन नसक्ने, स्थानीयले अवरोध सिर्जना गर्ने, न्यायालयले समेत गलत निर्णय गर्ने यस्तो अवस्थामा हामीले हाम्रो दैनिकी बिगारेर पाटन/लगनखेललाई नै केन्द्र भनी निर्वाचन क्षेत्र नं. २ र ३ सँग दैनिक दुःख पाएर टाँसिएर बस्नुपर्ने कारण केही छ ? प्रशासनिक कामहरु घर जग्गा रजिष्ट्रेशन, नागरिकता, पासपोर्ट, सवारीचालक अनुमति पत्र, अदालती काम कारबाही, उच्चशिक्षा, स्वास्थ्य उपचार, रोजगारी, कृषी/पशु सेवा, एवं अन्य कामका लागि किन सास्ती खेपेर पाटन/लगनखेल धाउने ? के हामीले दक्षिण ललितपुरको चापागाउँ, लेले, गोटिखेल, गोदाबरी, माल्टा, गिम्दी आसाङ वा अन्य कुनै उपयुक्त ठाउँलाई दक्षिण ललितपुरको केन्द्र बनाएर ७८औ जिल्ला घोषणा गर्न सक्दैनौं ? बेलैमा सोचौ समृद्घ भविस्यको ७८औं ‘दक्षिण ललितपुर’ जिल्ला घोषणाको आधार तयार पारौं ।

(लेखक घर जग्गा व्यवसायी संघको उपाध्यक्ष हुन्)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...