आईपीएल: धोनीको चेन्नईसंग पन्जाब पराजित

Dhoni

एजेन्सी । चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको पाँचौ खेलमा किङ्स इलाभेन पन्जाबलाई २२ रनले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

एमए चिदामबराम क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पन्जाबले पुरै २० ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि सर्फराज खानले ६७ र केएल राहुलले ५५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले ।  प्लेसिसले ५४ रन बनाए  । यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ३७ तथा अम्बाती  रायाडुले अविजित २१ रन बनाए । 

चेन्नईका शेन वाट्सन २६ रनमा आउट हुँदा सुरेश रैनाले १७ रन बनाए । पन्जाबका रविचन्द्र आश्विनले ३ विकेट लिए । 

जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ५ खेलबाट ८ अंक जोडेको छ । पन्जाब ६ अंक सहित चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस