यू–१९ विश्वकप छनोट खेल्न मलेसिया हिड्यो नेपाली युवा टोली

Yuba criket t0li

काठमाडौं । यू–१९ विश्वकपका लागि छनोट हुन लक्ष्यका साथ नेपाली युवा टोली मलेसिया प्रस्थान गरेको छ । नेपाली युवा टोली शनिबार दिउँसो १ः२५ बजे मलेसिया एअरलाइन्समार्फत मलेसियाको क्वालालम्पूर गएको हो ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रविकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् ।

नेपाली टोलीलाई शनिबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशब कुमार बिष्ट, राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक जगत टमटा लगायतले विदाई गरे । छनोटमा नेपालले रोहित पौडेलको कप्तानीमा प्रतिस्पर्धा गर्ने छन् । अप्रिल १० देखि २० सम्म योजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

सन् २००० मा पहिलो यू–१९ विश्वकप खेलेको नेपालसँग २००६ मा प्लेट च्याम्पियन भएको गर्विलो इतिहास छ । तर, २०१०, १०१४ सँगै पछिल्लो संस्करण १०१८ मा छनोट नै हुन नसकेको नमिठो विगतले पनि छ । यो पटक भने फेरि उमेर समूहको विश्वकपमा छनोट हुन बलियो दोबदारका रुपमा हेरिएको छ ।

नेपालले छनोटका लागि भारतको आन्ध्र प्रदेशमा विशेष प्रशिक्षण गरेको थियो । नेपालले आन्ध्र प्रदेशको यू–१९ टोलीसँग थियो ६ अभ्यास खेल खेलेको थियो ।

नेपालले पहिलो खेल सिंगापुरविरुद्ध १२ अप्रिलमा खेल्नेछ । त्यसपछि यूएई, मलेसिया, ओमान र कुवेतसँग खेल्नेछ । समूह चरणको शीर्ष टोली विश्वकपमा पुग्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...