आईपीएल: रसेलको आक्रमक ब्याटिङ, कोलकत्ता विजयी

1554488219rusel

एजेन्सी । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको रोमान्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै कोलकत्ताले तेस्रो जित आत्मसात गरेको हो ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा बैंगलोरले दिएको २०६ रनको लक्ष्य कोलकत्ताले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर  पुरा गर्यो । कोलकत्ताको जितमा आन्द्रे रसेलले आक्रमक ब्याटिङ गरे । रसेलले मात्र १३ बलमा अविजित ४८ रन बनाए । उनले ७ छक्का र १ चौका प्रहार गरेका थिए ।

यस्तै क्रिस ल्यानले ४३, नितिस रानाले ३७ तथा रोबिन उथप्पाले ३३ रन बनाए । कप्तान दिनेश कार्तिक १९ रनमा आउट हुँदा सुनिल नारिनेले १० रन जोडे ।

बैंगलोरका नाब्दिप साईनी र पवन नेगीले समान २/२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८४ तथा डी भिलियर्सले ६३ रनको योगदान दिए ।

कोलकत्ताविरुद्धको खेलसंगै कोहलीले टी-ट्वान्टी क्रिकेटमा ८ हजार रन पुरा गरेका छन् । यस्तै कोहली टी-ट्वान्टी क्रिकेटमा ८ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी बने । कोहली अघि सुरेश रैनाले ८ हजार रन पुरा गरेका थिए ।

यस्तै मार्कुस स्टोईनिसले अविजित २८ तथा अक्षर पटेलले २५ रन बनाए । कोलकत्ताका सुनिल नारिने, कुलदीप यादब र नितिस रानाले समान १/१ विकेट लिए ।

जितसंगै कोलकत्ताले ४ खेलमा ६ अंक जोडेको छ । अघिल्ला ३ खेलमा कोलकत्ताले २ जित र १ हार व्यहोरेको छ । कोलकत्ता दोस्रो स्थानमा रहेको छ ।

बैंगलोरको भने यो लगातार पाँचौ हार हो ।  जारी सिजन बैंगलोर जित निकाल्न नसक्ने एक्लो टोली हो । पाँच खेल गुमाएको बैंगलोर लिगको पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस