आईपिएलमा आज कोलकत्ता र बैंगलोरबचि खेल हुने

Baing

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा हुने घरेलु टोली र कोलकत्ताबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

घरेलु मैदानमा बैंगलोर पहिलो जितको खोजीमा हुनेछ । बैंगलोर कोलकत्ताविरुद्ध जित निकाल्दै पहिलो अंक जोड्न चाहन्छ । अघिल्ला चार खेल गुमाएको बैंगलोर लिगको पुछारमा रहेको छ ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरलाई विश्व स्तरिय खेलाडीहरुको साथ रहने छ ।  बैंगलोरमा पार्थिव पटेल,मोइन अली, एबी डी भिलियर्स, सिम्रन हिटमाएर, टिम साउथी, उमेश यादव, युजभेन्द्र चाहल जस्ता खेलाडी रहेको छ । तर, बैंगलोरका विश्व स्तरिय खेलाडीहरु चल्न सकिरहेका छैनन् ।

यता, दिनेश कार्तिकको कप्तानीमा कोलकत्ता तेस्रो जितको खोजीमा रहनेछ । कोलकातालाई सुनील नारिने, क्रिस ल्यान, कुलदिप यादब, आन्द्रे रसेल जस्ता खेलाडीको रहेको छ ।

अघिल्ला ३ खेलमा कोलकत्ताले २ जित र १ हार व्यहोरेको छ । कोलकत्ता ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दुईबीचको पछिल्लो पाँच खेलमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा कोलकत्ताले ४ खेलमा जित निकालेको छ । बैंगलोर एक खेलमा मात्र जित निकाल्न सफल भएको छ । 

प्रतिकृया दिनुहोस