स्व.रविन्द्र अधिकारी जिउँदै ! हेर्नुस् त मन्त्रिपरिषद्को लिष्ट

Rabindra adhikari news 20

काठमाडौं । सामान्यतः मृत्यु भएको ३५ दिनभित्र त मृत्यु दर्ता नै गरिसक्नुपर्छ । तर सरकारमा रहेका जिम्मेवार मन्त्रीको मृत्यु भएको ३५ दिनसम्म पनि कागजीरुपमा मृत्यु भएको छैन ।

पदमा बहाल रहेकै बेलामा रविन्द्र अधिकारीको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना परि २०७५ फागुन १५ गते मृत्यु भएको थियो । उनको मृत्यु भएको पनि बुधबार ३५ दिन भइसकेको छ । तर, यत्तिका दिन हुँदासमेत मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुको लिष्टमै छन् । अर्थात् उनी अझैं जिउँदै छन् ।

हेलिकप्टर दुर्घटनामा मृत्यु हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । सो दुर्घटनामा रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक मन्त्री परिषदको बैठकले फागुन १६ गते सार्वजनिक बिदा दियो ।

मन्त्रिपरिषदको पनि ममर्यादा क्रम हुन्छ । रविन्द्र अधिकारीको मृत्यु हुँदाको मर्यादा क्रम १८ थियो । अधिकारीको मृत्युपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पर्यटन मन्त्रालयको कार्यभार सम्हाल्दै आएका छन् ।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रेकर्ड हेर्दा अधिकारीको मृत्यु भएको छैन । अर्थात् उनी अझैं जिउँदै छन् । उनको मृत्यु भएको ३५ दिनसम्म पनि अझै उनको नाम मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणको लिष्टमा १८ औं स्थानमा छ । अझ रमाइलो कुरा त उनले २०७४ चैत २६ मा बुझाएको सम्पत्ति विवरण लिष्टमा समावेश गरिएको छ ।

खोइ स्वास्थ्य मन्त्रीको सम्पत्ति विवरण ?
नियमलाई हेर्ने हो भने मन्त्री भएको ६० दिनभित्र सम्पति विवरण बुझाउनु पर्छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् ।

यादव उपप्रधानमन्त्रीसमेत हुन् । उनी गत जेठ १८ मा उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए । उनले मनत्री बनेको एक वर्ष हुन लाग्दा पनि अहिलेसम्म मन्त्रिपरिषदमा आफ्नो सम्पत्ति विवरण बुझाएका छैन ।

उनले मात्रै होइन, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । उनी जेठ १८ गते नै सपथ खाएका थिए । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले पनि आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् ।

त्यति मात्रै मन्त्रिपरिषद्मा राखिएको सुची हेर्ने हो भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पनि आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् ।

मन्त्री भएको ६० दिन भित्र सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था छ । अब ५ हजार जरिवाना तिरेपछि मात्र सम्पत्ति विवरण बुझाउन पाइन्छ । उनीहरुले कहिले बुझाउलान् त आफ्नो सम्पत्ति विवरण ? कहिलेसम्म उनीहरुले बुझाएको सम्पत्ति विवरण मन्त्रिपरिषदको वेवसाइटमा हेर्न पाइन्छ ?

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...