विद्युत प्राधिकरण कर्मचारीको बदमासीले ग्राहक समस्यामा : किसीलाई अनाहकमा लाग्यो चुहावट गरेको अभियोग

Bidhut newsvaktapur kisi

काठमाडौं । ‘जो होचो, उसको मुखमा घोचो’ यो उखान अहिले लागू भएको भक्तपुरका पत्रकार कृष्ण किसीको हकमा ।

उनी २० देखि पत्रकारितामा क्रियाशील छन् । उनी सधैं सुशाषनको कुरा उठाउँछन् । तर, सुशाषनको कुरा उठाउँदै आए पनि उनी अहिले आफैं नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको बदमासीको सिकार बनेका छन्, त्यो पनि विद्युत चुहावटको नाममा ।

उनी भुकम्पपीडित पनि हुन् । उनले पुरानो मिटर भुकम्पले घर भत्काएपछि बनेको नयाँ घरमा एक वर्षअघि मात्रै स्थानान्तरण गरेका थिए । तर, त्यही मिटरलाई विद्युतको क्षमता बृद्धि गर्न भक्तपुरको दुधपार्टीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय पुग्दा उनीमाथि नखाएको विष लाग्यो । अर्थात् उनीमाथि विद्युत चुहावट गरेको आरोप लाग्यो ।

यतिसम्मकी उनले अहिलेसम्म नगरेको कसुरवापत पनि ३० हजार जरिवाना गर्न खोजियो । उनले आफुले कुनै कसुर नगरेको बताउँदै गर्दा नेपाल विद्युत प्राधिकरणका भक्तपुर प्रमुख प्रज्वलमान श्रेष्ठले ‘तपाईले कुनै कसुर नगरेको भए ल त म तपाईलाई १५ प्रतिशत छुट गरिदिन्छु’ भन्ने जवाफ दिँदा उनी तिनछक्क मात्रै परेका छैनन्, कहिले नगरेको कसुरमा जरिवाना तिर्नुपर्ने बाध्यता आइपर्दा जिन्दगीभर गरेको इमान्दारतिाप्रति नै पछूतो मान्न थालेका छन् ।

यस्तो छ घटना
उनको घरमा राखिएको विद्युतको क्षमता बृद्धि गर्नु थियो । त्यसकारण उनले शुक्रबार मात्रै नेपाल विद्युत प्राधीकरण विद्युत वितरण केन्द्र दूधपाटी भक्तपुरमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा आइतबार १ बजेतिर विद्युत प्राधिकरणका कर्मचारी मिटरमा क्षमता बृद्धि गरिदिन किसीको घर आएका थिए । कर्मचारीले मिटर खोले । बाहिर ठिक थियो । तर, बाहिरको बक्स खोलेपछि केहीबेरपछि कर्मचारीले नै यो मिटर ठिक छ कि छैन आफुहरु नै क्लियर नभएको बताए । उनहिरुले भने अनुसार नै उनी नयाँ मिटर ल्याउन पुरानो मिटर बोकेर विद्युत प्राधिकरणतिर लागे ।

उनी त सोही दिन नयाँ मिटर आउँछ भनेर प्राधिकरण पुगेका थिए । तर, कार्यालय पुगेको आधा घण्टापछि उनीमाथि यस्तो आरोप लाग्यो, जुन उनले कल्पनासमेत गरेका थिएनन् ।

यतिसम्मकी उनलाई विद्युत चुहावट गरेको अभियोगमा ३० हजार जरिवाना गर्न खोजियो । ‘म कार्यालय पुगेपछि तपाई आधा घण्टापछि आउनुहोला । यो अहिले प्रोसेसमा छ भनियो’, उनले भने, ‘तपाई चुहावटमा पर्नुभयो, मैले चुहावत गरेर अपराध गरेको हुँं, त्यसकारण म अपराधी हुँं भने अपराध कवोल लेखिएको तयार फारममा अपराध स्वीकार गरी सही गर्नुहोस्, ३० हजार रुपैयाँं तिर्नुहोस् र नयाँं मिटर जडान गर्नुहोस् ।’

उनी लामो समयदेखि विद्युत चुहावट गर्नुहुँंदैन, विद्युत चुहावट अपराध हो भनेर आवाज उठाउँदै आएका थिए । तर, उनी आफैंले सोच्दै नसोचेको कुरा सुन्नुपर्दा अचम्मित भए । उनले विद्युत प्राधिकरणका भक्तपुर प्रमुख उज्जलमान श्रेष्ठलाइृ आफुले त्यस्तो कमा कहिले नगरेको र त्यो कल्पना पनि गर्न नसकिने प्रष्ट्याएपछि १५ प्रतिशत छुट दिन तयार भए । तर, किसीले आफुले चुहावट गरेको हुँ भनी कागज गर्नुपर्ने भयो ।

घरमा छायो अन्धकार
विद्यूत प्रयोग गरेवापत उनले नियमित रुपमा महसुल पनि बुझाइरहेका छन् । मात्र उनले आफ्नो घरमा रहेको मिटरको क्षमता बढाउन खोजेका थिए । त्यसैका लागि विद्युत प्राधिकरण पुगेका थिए ।

विद्युत प्राधिकरणका कर्मचारीले गरेको बदमासीका कारण शुक्रबारदेखि उनको घरमा अन्धकार छाएको छ । दुर्गम ठाउँमा जस्तो टुकी बालेर बस्न बाध्य भएका छन् ।

उनको घरसँगै रहेका छिमेकीको घरमा झलमल्ल विजुली बलेको छ । भक्तपुरको जगाती चोक, जुन ठाउँ व्यस्त छ । त्यही चोकमा छ उनको सानो घर । तर शुक्रबारदेखि उनको घरमा विजुली बलेको छैन । उनको घरमा बिजुली बल्न उनले विद्युत चुहावट गरेको स्वीकार गर्नुपर्छ ।

किसी भन्छन्, ‘म कसरी अपराध स्वीकार गरु ?
यहाँं मेरो चित दुखाई, विमतिको एउटै मात्रै विषय यति हो कि मैले अपराध नगरी निरअपराध भइभइकन पनि कसरी अपराध कवोल गरौं ? जीवनमा कहिले कसैको एक पैसा बदमासी नगरी इमान्दारितामा अडिग रहेको छु । यस्तो अवस्थामा मैले कसरी अपराध कवोल गरौं ? वदमासी नगरी नै कसरी मैले अपराध स्वीकार गर्न मिल्छ ?

३० हजार पैसा तिर्नु मेरो लागि ठूलो कुरा होइन । तर, अपराध नगरी पनि अपराध कवोल स्वकिार्नु झन ठूलो अपराध हुन्छ । म त्यो काम गर्न सक्दिन । मैले मिटरको क्षमता वृद्धिको लागि निवेदन दिएको हुँ । मैले विद्युत चुहावट गरे भने होइन ।

फेरि मैले अहिलेसम्म कुनै बदमासी गरेका छैन भने विद्युत चुहावट कसरी गर्न सकुँला र ? मिटर जडानदेखि बिग्रिदा पनि भक्तपुरमा धेरै मानिस प्राधिकरणबाट पीडित भएका छन् । मेरो एउटै मात्र प्रश्न छ, निरअपराधलाई अपराधी बनाउने अपराधीमाथि कारबाही हुन्छ कि हुँंदैन ?

के हुन्छ त अब ?
किसीको घरमा एक वर्षअघि मात्रै काठको बाकस हटाएर प्लाष्टिकको बाकस राखिएको थियो । त्योबेलासम्म मिटर टुटफुट भएको थिएन । अहिले उनले मिटरको क्षमता वृद्धि गर्न नियमानुसार लाग्ने २ सय ७६ रुपैयाँ राजश्व तिरेपछि उनीमाथि विद्युत चुहावट गरेको आरोप लागेको छ ।

यसले विद्युत प्राधिकरणले गर्दै आएका क्रियाकलापमाथि पनि प्रश्न उठाइदिएको छ । किनभने एकवर्षअघि मिटरमा प्लाष्टिकको बाकस राख्दा मिटर टुटफुट भएका नदेख्ने कर्मचारीले क्षमता वृद्धिका लागि निवेदन दिँदा कसरी चुहावट गरेको भेट्टाए ? जबकी उनको घरमा पुगेका कर्मचारीले प्लाष्टिकको शिल आफैं तोडेर बाकस भित्रको मिटर हेरेका थिए ।

नेपाल विद्युत प्राधिकरण भक्तपुरका प्रमुख प्रज्वलमान श्रेष्ठले भने आफुले विनियम अनुसार नै काम गरेको दावी गरे । ‘विद्युत चुहावटको टोलीले उहाँको मिटर हेरेको हो, उहाँले गल्ती नगरेको भए उहाँले पुनरावेदन गर्नसक्नुहुन्छ’ उनले भने, ‘उहाँले चुहावट गरेको हो भन्न त सकिन्न । तर, उहाँको दोश नभए पनि छानविन हुन्छ, त्यसपछि उहाँ अन्यायमा परेको भए उहाँलाई कुनै जरिवाना गर्दैनौं ।’

‘भक्तपुरमा पहिलेदेखि नै विद्युत चुहावट हुँदै आएको थियो । अहिले धेरै रोकिएको छ’ उनले भने, ‘त्यही अभियान चाल्दा उहाँ पनि परेको हुनसक्छ ।’ श्रेष्ठले आफु विद्युत विनियमावली अनुसार नै चलेकाले कुनै समस्या नरहेको दावी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...