म्यानचेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा

Dddd

काठमाडौं । फुल्हमलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा म्यान्चेस्टर सिटी २–० ले विजयी भयो । सिटीको जितमा बर्नार्डो सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गरे ।

जितसँगै सिटीले ३१ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलेको ७६ अंक छ । प्रिमियर लिग फुटबलमा गएराती भएको अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले वाट्फोर्डलाई २–१ ले हराएको छ ।

युनाइटेडको जितमा मार्कस रासफोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । वाट्फोर्डका लागि डोकोरेले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर युनाइटेड ३१ खेलबाट ६१ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

गएराती भएका अन्य खेलहरुमा साउथह्याम्टन, बर्नले, क्रिष्टल प्यालेस र लेस्टर सिटी विजयी भएका छन् । साउह्याम्टनले ब्राइटनलाई १–० ले हराउँदा बर्नलेले वुल्भरह्याम्टनमाथि २–० को जित निकाल्यो ।

यसैगरी क्रिष्टल प्यालेसले हडर्सफिल्ड टाउनलाई २–० ले हराउँदा लेस्टर सिटीले बर्नमाउथमाथि २–० कै जित निकाल्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...