आईपिएल मुम्बईमाथि पन्जावको सजिलो जित

Pan

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि किंग्स ११ पञ्जावले ८ विकेटको सहज जित हात पारेको छ।

शनिबार भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १ सय ७६ रन जोड्यो। १ सय ७७ रनको लक्ष्य पञ्जावले २ विकेटको क्षतिमा ८ बल खेल्न बाँकी छदा पार गर्यो।

पञ्जावको जितमा लोकेश राहुलले नटआउट ७१ रन जोडे। उनले ५७ बलमा ६ चौका र १ छक्का हिर्काए। क्रिस गेलले २४ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४९ रन र मंयक अग्रवालले २१ बलमा ४३ रन बटुले। डेभिड मिल्लरले नटआउट १५ रन जोड्यो। 

त्यसअघि मुम्बईका लागि क्वान्टन डे ककले ६० रन जोडे। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहित शर्माले ३२ रन र हार्दिक पाण्ड्याले ३१ रन बटुले। बलिङमा पन्जावका मोहमद सामी,  भिल्जोन र रविचन्द्रन आस्विनले २–२ विकेट लिए। 

जारी लिगमा पञ्जावको तीन खेलमा दोस्रो जित हो भने मुम्बईले २ मध्ये २ खेल हारिसकेको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...