आईपिएल: कोलकत्ताविरुद्ध पहिलो खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

Iiiipl

काठमाडौं । भारतमा जारी १२ औं संस्करणको ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को आफ्नो पहिलो खेलमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

दिल्ली क्यापिटल्सबाट तेस्रो खेलमा मौका पाएका सन्दीपले कोलकत्ताविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए ।

नयाँ सिजनको डेब्यु खेलमा सन्दीपले आफ्नो दोस्रो ओभरमै विकेट लिएका थिए । उनले तेस्रो ओभरको चौथो बलमा निखिल नायकलाई ७ रनमा बोल्ड गरेका थिए । दोस्रो ओभरमा सन्दीपले ६ रन खर्चिएका थिए ।

त्यसअघि सन्दीपले  पहिलो ओभरमा किफायति बलिङ गर्दै मात्र एक रन खर्चिएका थिए । सन्दीपले तेस्रो ओभरमा एक रनआउट सहित ३ रन खर्चिए । सन्दीपले शुबम्यान गिललाई रन आउट गराएका थिए।

सन्दीप चौथो ओभरमा भने महँगो साबित भए । आफ्नो अन्तिम ओभरमा सन्दीपले दुई छक्का र एक चौकासहित १७ रन खर्चिए  ।

दिल्लीले आईपीएलको तेस्रो खेलमा आएर सन्दीपलाई मौका दिएको हो । उनी दिल्लीका अघिल्ला दुई खेलमा प्लेईङ सेट बाहिर रहेका थिए ।एजेन्सी । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...