आईपीएल क्रिकेट: वार्नरको अर्धशतकमा हैदरावादको पहिलो जित

Warnar

एजेन्सी । सनराईजर्स हैदरवादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवादले पहिलो जित निकालेको हो ।

हैदरवादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको १८९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो  ।

हैदरवादका लागि ओपनर डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गरे । 

यस्तै जोनी बैरस्टोले ४५ तथा विजय शंकरले ३५ रन बनाए । युसुफ पठान १६ तथा राशिद खान १५ रनमा अविजित रहे ।  राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा २ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

राजस्थानको लागि सन्जु सामसनले अविजित रहदै १०२ रनको शतकीय इनिङस खेले । सामसनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे । जारी आईपीएलमा सामसनको  शतक पहिलो शतक हो ।

यस्तै कप्तान अजिंका रहानेले ७० रनको अर्धशतकीय इनिङ्स खेले । जोस बटलर ५ रनमा आउट हुँदा बेन स्टोक्स १६ रनमा अविजित रहे ।

हैदरवादका राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए ।

जितसंगै हैदरवादले २ खेलबाट २ अंक जोडेको छ । हैदरवाद लिगको चौथो स्थानमा छ ।  राजस्थानले भने लगातार दोस्रो हार व्यहोरेको छ ।  राजस्थान लिगको पुछारमा रहेको छ । 

प्रतिकृया दिनुहोस