आईपीएलमा आज एक खेल हुँदै, जितको खोजीमा बैंगलोर र मुम्बई

Iimmim

 काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहिबार एक खेल हुँदैछ । बिहिबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्दै छन् ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा घरेलु टोली र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति ८:१५ मा सुरु हुनेछ । र, दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर पहिलो खेलमा साबिकको विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो । मुम्बईविरुद्ध बैंगलोर उक्त हार बिर्साउने लक्ष्यसहित मैदान उत्रने छन् ।

 बैंगलोरलाई घरेलु समर्थक र स्टार खेलाडीहरुको साथ समेत रहने छ । बैंगलोरमा पार्थिव पटेल,मोइन अली, एबी डी भिलियर्स, सिम्रन हिटमाएर, टिम साउथी, उमेश यादव, युजभेन्द्र चाहल जस्ता खेलाडी रहेको छ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई बलियो टोली हो । तर, पहिलो खेलमा मुम्बई दिल्ली क्यापिटल्ससंग ३७ रनले पराजित भएको थियो ।

मुम्बई बैंगलोरलाई उसैको मैदानमा हराएर पहिलो जित निकाल्न चाहन्छ । मुम्बईमा युवराज सिंह, हार्दिक पाण्डे, केइरन पोलार्ड, क्विनटन डी कक, जस्प्रित बुम्रहा जस्ता खेलाडीको साथ रहेको छ ।

बैंगलोर र मुम्बईबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा मुम्बई बलियो देखिएको छ । बैंगलोरले पछिल्लो पाँच भेटमा मुम्बईलाई एक पटक मात्र हराउन सकेको छ । एजेन्सी ।

 

प्रतिकृया दिनुहोस