आईपीएल क्रिकेट: कोलकाताको लगातार दोस्रो जित, पञ्जाव २८ रनले पराजित

1553709677kolkta

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

बुधबार किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गर्दै दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकत्ताले लगातार दोस्रो जित निकालेको हो । कोलकत्तास्थित इडेन गार्डेनमा घरेलु टोलीले दिएको २१९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ४ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि मायांक अग्रवालले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै डेभिड मिल्लरले अविजित ४३ रन बनाए । क्रिस गेल २० रनमा आउट भए ।

कोलकत्ताका आन्द्रे रुसेलले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । कोलकत्ताको फराकिलो स्कोरमा नितिश राना र रोबिन उथप्पाले अर्धशतकीय इनिङ्स खेले ।

रोबिन ६७ रनमा अविजित रहदा नितिशले ६३ रनको योगदान दिए । यस्तै आन्द्रे रुसलले ४८ तथा सुनिल नारिनेले २४ रन बनाए ।

पन्जाबका मोहमद सामी, भरुण चक्रवर्ती,हार्डुस भिल्जोइन र एन्ड्रयु जेम्सले एक एक विकेट लिए ।

जितसंगै कोलकत्ताले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ताले घरेलु मैदानमा भएको पहिलो खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो ।

रविचन्द्र आश्विनको कप्तानीमा रहेको पन्जाबको यो पहिलो हार हो । पन्जाबले २ खेलबाट २ अंक जोडेको छ । पन्जाबले पहिलो खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...