एएफसी यू–२३ च्याम्पियनसिप छनाेट : अफगानिस्तानसँग पनि नेपाल पराजित

Moo7taayvl

काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिप फुटबलको छनोटमा नेपाल अफगानिस्तानसँग पनि पराजित भएको छ । 

समूह एमा रहेका यी दुवै टोली प्रतियोगितबाट बाहिरि सकेकाले मंगलबार प्रतिष्ठाका लागि खेलेका थिए । जसमा नेपाल २ गोलले पराजित हुन पुग्यो । यसअघि कुवेत र कतारसँग पनि नेपाल पराजित भएको थियो । 

अफगानिस्तानविरुद्ध आत्मविश्वासी खेल खेले पनि नेपाल गोल गर्न भने असफल देखियो । २३ औं मिनेटमा विमल घर्तिमगरले हेड गरेको बल पोस्टबाहिर गएको थियो । तर त्यसको एक मिनेट पछि नै नेपालले एक गोल खान बाध्य भयो । २४ औं मिनेटमा अफगानिस्तानका लागि सुलेमान साहले गोल गर्दै अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा पनि बिमलले गरेको प्रहार अफगान गोल किपरले बचाएका थिए । नेपालमाथि दबाब बढाउँदै गएको अफगानिस्तानले ३४ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । अफगानिस्तानका लागि अहमद ओमरानले गोल गरेका थिए ।

पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै थप गोल नखाए पनि फर्काउन पनि असफल भयो ।

प्रतिकृया दिनुहोस