युरो छनोटमा ईटालीको फराकिलो जित

Italy

एजेन्सी । युरो कप छनोटमा ईटालीले फराकिलो जित दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा ईटालीले समुह जेको खेलमा लिचेस्टाईनलाई ६–० ले गोल अन्तरले हराएको हो । पहिलो हाफमै चार गोल गरेको ईटालीले दोस्रो हाफमा दुई गोल थप्यो ।

पहिलो हाफको ईन्जुरी समयमा लिचेस्टाईनका ड्यानियल काँफम्यान रातो कार्ड खादै मैदान बाहिरिएपछि टोली दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेर खेलेको थियो ।

स्टेफानो सेन्सीले १७ औ मिनेटमा गोल गर्दै ईटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । मार्को भेराट्टीले ३२ औ मिनेटमा ईटालीको अग्रता दोब्बर बनाएका थिए ।

फाबियो क्वागलियारेलाले ३५ औ मिनेटमा पेनाल्टी गोल गर्दै ईटालीलाई ३–० को स्थितीमा पु¥याएका थिए । उनी ईटालीबाट गोल गर्ने सबै भन्दा पाका उमेरका खेलाडी बनेका छन् । ३६ बर्षका उनले ईन्जुरी समयमा दोस्रो पेनाल्टी गोल गर्दै ईटालीलाई पहिलो हाफमा ४–० को अग्रता दिलाए ।

मोइज केनले ६९ औ मिनेटमा ईटालीका लागि पाँचौ गोल गरे । लियोनार्दो पाभोलेटीले ७६ औ मिनेटमा गोल गर्दै ईटालीलाई ६–० को फराकिलो जित दिलाए । 
ईटालीले युरो छनोटको सूरुवाती दुई खेलमा स्पष्ट जित निकालेको छ ।

लिचेस्टाईन विश्व वरियताको १ सय ८१ औ स्थानमा छ । उसले पछिल्ला ३२ खेलमा मात्र दुई जित निकालेको छ ।

समुह जेको खेलमा दुई खेलमा ६ अंक जोड्दै ईटाली समुहको शीर्ष स्थानमा उक्लियो । लिचेस्टाईन अंक विहिन हुदै समुहको पुछारमा रह्यो ।

प्रतिकृया दिनुहोस