नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

1553605380nepali team

काठमाडौं । कुवेतसंगको दुई अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश फर्किएको छ । नेपाली टोली अपरान्ह स्वदेश फर्किएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली टोलिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 
मुख्य प्रशिक्षकमा नियुक्त भएपछि योहान कालिन राष्ट्रिय फुटबल टिमलाई लिएर कुवेत खेल्न गएका हुन् ।

अधिकांश मुख्य खेलाडी एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा भएकाले उपलब्ध खेलाडीलाई समावेश गर्दै उनी कुवेत लागेका थिए ।
उनले पहिलो खेलमा पाँच खेलाडीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएका थिए । दोस्रो खेलमा फरवार्ड आशिष लामाले समेत डेब्युको अवसर पाएका थिए ।
उनले कुवेत भ्रमणलाई टिमको कमजोरी पत्ता लगाउने अवसरको रुपमा लिएको बताएका छन् ।
पहिलो खेलमा नेपालले गोल रहित बराबरी खेलेको थियो । जसमा नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
दोस्रो खेलमा भने नेपाल कुवेतले गरेको पेनाल्टी गोलमा १-० ले पराजित भएको थियो ।

नेपाली फुटबललाई दक्षिण एसियाको महारथी बनाउने महत्वकाक्षी लक्ष्य सहित एन्फाले मुख्य प्रशिक्षकमा स्विडेनका कालिनलाई जिम्मेवारी दिएको हो ।

बराबरीसंगै प्रतियोगिताको सुरुवात गरेका कालिनले दोस्रो खेलमा भने पराजय भोगेका छन् ।

प्रतिकृया दिनुहोस