रोनाल्डोले चोट बोक्दा पोर्चुगलको बराबरी

1553561507ronaldo

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले चोट बोकेको खेलमा पोर्चुगलले युरो कप छनोटमा सर्बियासंग बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा पोर्चुगलले सर्बियासंग गोल रहित बराबरी खेलेको हो ।

रोनाल्डोले चोट बोक्दै ३१ औ मिनेटमा मैदान छाडेका थिए । पोर्चुगलको घरेलु मैदानमा सुरुवाती अग्रता सर्बियाले बनाएको थियो । डुसान टाडिसको पेनाल्टी गोलमा सर्बियाले सातौ मिनेटमा अग्रता लिएको थियो ।

ड्यानिलो परेराले ४२ औ मिनेटमा गोल गर्दै घरेलु टोलीबाट बराबरी गोल फर्काएका थिए । युरो विजेता पोर्चुगलले युरो छनोटका सुरुवाती दुई गोलमा बराबरी खेल्दै अंक बाँडेको छ । उसले पहिलो खेलमा युक्रेनसंग गोल रहित बराबरी खेलेको थियो ।

रुसी विश्वकप पछि रोनाल्डो पहिलो पटक राष्ट्रिय टिममा फर्किएका हुन् ।

रोनाल्डोको क्लब युभेन्ट्सले सिरि एमा १५ अंकको अग्रता लिएको छ । क्लबले च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा एजाक्ससंग प्रतिस्पर्धा गर्दैछ ।

समुह बीमा रहेको पोर्चुगललको दुई खेलबाट मात्र दुई अंक छ । पोर्चुगल समुहको तेस्रो स्थानमा रहदाँ मात्र एक अंक जोडेको सर्बिया चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...