नेपालद्वारा आन्ध्र प्रदेश १ विकेटले पराजित

Cricket 1024x681

काठमाडौं । भारतमा भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा जित निकालेको छ । सोमबार भएको खेलमा नेपाली टोलीले भारतको आन्ध्र प्रदेशको यू-१९ टोलीलाई १ विकेटले पराजित गरेको हो ।

आन्ध्र प्रदेशले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ३ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७१ रनको अर्धशतकीय इनिङ्स खेल्दा भिम सार्कीले ४९ रनको योगदान गरे । खराब सुरुवात गरेको नेपाललाई रोहित र भिमले १०२ रनको साझेदारी गर्दै जितको दिशा देखाएका थिए ।

यस्तै पवन सरार्फले ३०, सन्दीप जोराले १९ , कुशल मल्लले १३ रन जोडे । 
यसअघि नेपालविरुद्ध पहिले ब्याटिङ गरेको आन्ध्र प्रदेशले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय २७ रन बनाएको थियो । आन्ध्र प्रदेशका लागि योगानन्दले ५९ र नितेस कुमारले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुब्रमन्यमले ४५, राम प्रशाद २६ र दुर्गा कुमारले १६ जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन ।

नेपालका लागि कमल सिंह ऐरीले ४ विकेट लिए भने पवन सरार्फले ३ विकेट हात पारे ।

आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेशमा रहेका छन् । चार खेलको अभ्यास खेलमा नेपाल २-१ ले अगाडी रहेको छ । 

अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...