आईपीएलमा कोलकत्ता नाईट राईडर्सको रोमाञ्चक जित दर्ता

1553438840mi

काठमाडौं । ईन्डियन प्रियिमर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाईट राईडर्सले रोमाञ्चक जित दर्ता गरेको छ । कोलकताले प्रतियोगिताको पहिलो खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २ बल बाँकी छदै ४ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । उसका लागि आन्द्रे रसेलले ४९ र सुभमन गिलले नटआउट १८ रनको पाली खेले ।

ओपनर नितिस रानाले ६८ रनको पाली खेल्दै टोलीलाई गतिलो सुरुवात दिलाएका थिए । जसमा रोबिन उथ्थपाले ३५ रनको योगदान दिए ।

यसअघि कोलकतास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १८० रन बनायो । हैदरावादका लागि डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।

जारी सिजनको आईपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका वार्नरले ८५ रन बनाए ।

यस्तै विजय शंकरले ४० तथा जोनी ब्रैसटोले ३९ रन बनाए । कोलकाताका आन्द्रे रुसेलले २ तथा पियुस चवालाले १ विकेट लिए । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...