आईपीएलमा चेन्नईको विजयी सुरुवात

155336037954519508 10156215857103634 458

एजेन्सी । साबिकको विजेता चेन्नई सुपर किङ्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै घरेलु टोली चेन्नईले सुखद सुरुवात गरेको हो ।

एमए चिदामबरम क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले ओभरमा १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए  । केदार जादबले अविजित १३ रन जोड्दा रबिन्द्र जडेजा ६ रनमा अविजित रहे ।

यस्तै सुरेश रैनाले १९ रन जोडे । योसंगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

चेन्नईका शेन वाट्सन भने सुन्य रनमा आउट भए । बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले १७ ओभर १ बलमा अलआउट हुँदै ७० रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले सर्वाधिक २९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् ।

बैंगलोरका कप्तान विराट कोहली ६ रनमा आउट हुँदा मोइन अली र एबी डी भिलियर्सले समान ९/९ रन जोडे ।

बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३/३ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए ।

जितसंगै चेन्नईले पहिलो खेलमै ३ अंक जोडेको छ । बैंगलोरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...