भारतले चुम्यो साफ महिला फुटबल च्याम्पियनसिपको उपाधी

Football nepal

विराटनगर । पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको उपाधी भारतले हात पारेको छ । योसँगै नेपालले उपविजेतामा चित्त बुझाएको छ ।

विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

नेपालले चौथो पटक समेत फाईनलमा भारतको दबाब तोड्न सकेन । पहिलो, दोस्रो, तेस्रो र पाँचौ संस्करणको उपाधि भिडन्तमा नेपाली टिम फाईनलमा भारतको सिकार बन्यो ।

पहिलो हाफमा बराबरी खेलेको नेपालमाथि दोस्रो हाफमा भारत हाबी देखिएको थियो । पहिलो हाफमा भारतले लिएको अग्रतालाई नेपालले बराबरी बनाएको थियो ।

खेलको २४ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो । भारतका लागि डालीमा छिब्बरले फ्रिकिकमार्फत् पहिलो गोल गरेकी थिइन् । खेलको ६४ र ७७ औं मिनेटमा गरेर भारतले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

नेपालले ३३ औं मिनेटमा १–१ को बराबरी गरेको थियो । ३३ औं मिनेटमा हेड गोल गर्दै सावित्रा भण्डारीले १–१ बराबरी गरेकी थिइन् । दोस्रो हाफको ६४ र ७७ औं मिनेटमा सुन्दर गोल गर्दै भारतले ३-१ को अग्रता बनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...