बस दुर्घटनामा एकजनाको मृत्यु, ३ घाइते

Durghatana

तनहुँ । तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तिनजना घाइते भएका छन् ।

तनहुँको भिमाद–रिसिङ कच्ची सडकखण्ड अन्तर्गत रिसिङ गाउँपालिका–६ मैदानस्वाँरामा बिहीबार राति भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस सडक छेउ पल्टिदा रिसिङ गाउँपालिका–६ बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको लागि पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा रिसिङ–६ का ५५ वर्षीय पदमबहादुर आले, ४५ वर्षीय होमबहादुर राना र १५ वर्षीया लिला थापा रहेका छन् ।

घाइतेहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक र बस प्रहरीले नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस