प्रहरीमाथि कुटपिट गर्ने ३ युवालाई सार्वजनिक मुद्धा

Adalat mudda faisala

दाङ । बहिनीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा प्रहरी जवानलाई कुट्ने तीन जनाविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ ।

विहीवार दिउँसो होलीको दिनमा युवाहरुको जमातले घरमै आएर चौधरीकी बहिनी शोभालाई लखेटी–लखेटी होली दल्न थालेपछि दाजु जितबहादुर चौधरीले जवरजस्ती होली नदल्न आग्रह गर्दा उनीमाथि निर्घात कुटपिट भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी निवासी प्रहरी जवान जितबहादुर चौधरीलाई कुट्ने मध्य स्थानीय १७ बर्षीय माधव वली, १७ बर्षीय दिनेश विक र १७ बर्षकै बिक्रम बिकलाई सार्वजनिक मुद्दा लगाउने तयारी गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले कुटपिटमा संलग्न मध्ये दश जना युवाहरुलाई पक्राउ गरिएको भएपनि अरुलाई तारेखमा रिहा गरिने जानकारी दिए ।

‘केही बेरमै पीडितको तर्फवाट जाहेरी आउँदैछ । त्यसैको आधारमा कस्तो मुद्दा लगाउने भन्ने निर्णय हुन्छ,’ डिएसपी शाहीले भने ।

प्रहरीले १६ बर्षीय शुरेस बस्नेत, १५ बर्षीय टेकलाल पुन, १६ बर्षीय कमल राना, १६ बर्षिय भुवन परियार, १५ बर्षीय प्रकाश घर्ती, १६ बर्षीय सन्तोष पुन, १८ बर्षीय शिखर बस्नेतलाई तारेखमा रिहा गर्ने तयारी गरेको छ ।

चौधरीको हाल नेपालगञ्जस्थित नरसिंह होममा उपचार भइरहेको छ । चौधरीको टाउको र खुट्टामा चोट रहेको प्रहरीले जानकरी दिएको छ ।

चौधरीको देव्रे खुट्टा फ्याक्चर भएको तथा टाउकोमा चोट रहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत चौधरी होलीमा विदा मनाउन घर आएका थिए ।

प्रतिकृया दिनुहोस