घरको दैलोमा नपुग्दै लडेर एक युवकको मृत्यु

Mirtu 98798

दार्चुला । भारतबाट होली मनाउन भन्दै घर फर्किएका एक युवकको लडेर मृत्यु भएको छ ।

दार्चुलाको दुहुँ गाउँपालिका-२ हिकिलाका २२ वर्षीय अमिर पार्की घर नजिकै पुग्दा लडेका थिए ।

घरपुग्न झण्डै ५ सय मिटर बाँकी हुँदा बाटोबाट लडेर निर्माणाधिन घरको पिल्लरमा पर्दा पार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

बुधबार भारतको धारचुलाबाट जिल्ला सदरमुकाम खलंगा हुदै गाउँतर्फ हिँडेका पार्कीको लडेर मृत्यु भएको हिकिला प्रहरी चौकी हिकिलाका इन्चार्ज सई भुवन चन्दले जानकारी दिए ।

प्रतिकृया दिनुहोस