नेपाल र कुवेतबीच गोलरहित बराबरी

552012942j38pxdgycy3al6eruscu

काठमाडौं ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र कुवेतले बराबरी खेलेका छन् । गएराति कुवेतको अल साहब मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

कुवेतले खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा बदल्न नसकेपछि बराबरीमा समेटिएको हो । फिफा वरियतामा १५८ औं स्थानमा रहेको कुवेत र १६१ औं स्थानमा रहेको नेपालले खेलमा केही राम्रा अवसर पाए पनि गोल गर्न सकेनन् ।

कुवेतलाई बराबरीमा रोक्न नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरे । मुख्य प्रशिक्षक योहान कालिनले पाँच युवा खेलाडीलाई मौका दिएका थिए ।

युवा खेलाडीहरु अजित भण्डारी, बिमल राना, सन्तोष तामाङ, सुरज विश्वकर्मा र रवी पासवानले नेपाली टोलीमा डेब्यु गरेका हुन् । 

दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले अब मंगलबार दोस्रो खेल खेल्नेछ । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले कुवतेसँग खेलेको हो ।

प्रतिकृया दिनुहोस