मैत्रिपूर्ण खेलमा जर्मनी सर्वियासँग बराबरीमा रोकियो

1174273250jermany vs serbia

काठमाडौं। सन् २०२० मा हुने युरोकपको छनोट खेलअघि भएको मैत्रिपूर्ण खेलमा जर्मनी सर्वियासँग १–१ गोलको बराबरीमा रोकिएको छ।

सन् २०१४ को विश्वविजेता जर्मनीले खेलअवधिभर ६७ प्रतिशत बल अफ्नो पक्षमा पारेपनि प्राप्त अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुगेको हो। जर्मनीले सर्वियाको पोस्टमा २१ पटक प्रहार गरेको थियो।

खेलमा अग्रता भने सर्वियाले लियाे। १२औं मिनेटमा लुका जोभिकले हेडमार्फत गोल गरेका थिए। जर्मनीलाई भने खेल बराबरीमा ल्याउन दोस्रो हाफको ६९औं मिनेटसम्म कुर्नुपर्यो। सब्स्टिच्युट खेलाडी लिओन गोरेत्ज्काले खेल बराबरीमा ल्याएका हुन्।

खेलको इन्ज्युरी समयमा जर्मनीका लियोरी सानलाई सर्वियाका फरवार्ड मिलान पाभकोभले लडाएपछि उनलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

जर्मनीका कोच जोचिम लोले भने चलाखीपूर्ण रुपमा फल गरिएपनि सान भाग्यमानी रहेको प्रतिक्रिया दिएका छन्। ‘यो एक चलाखीपूर्ण फल हो। सान भाग्यमानी रहेछन्, उनलाई कुनै चोट लागेन, नत्र यस्ता ट्याकलबाट हड्डि भाँचिने सम्भावना अधिक हुन्छ’, उनले भने।

जर्मनीले युरोकप छनोटअन्तर्गत आगामी आइतबार आम्सर्टडममा नेदरल्यान्डसँग खेल्नेछ। उता सर्वियाले पनि सोहि दिनमै पोर्चुगलको उसकै भूमीमा सामना गर्नेछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...