श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित, उपाधी कब्जा गर्ने दाउमा नेपाल

Woman saff football

विराटनगर । पहिलो सेमिफाइनलमा श्रीलंकालाई फराकिलो जित हात पार्दै नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

विरानगरमा जारी खोलको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा पुगेको हो । विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोल गरेको थियो भने बाँकी ३ गोल दोस्रो हाफमा सम्भव भएको हो ।

सुरुदेखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो गोल गर्न भने ४२ औं मिनेटसम्म कुर्नुपरेको थियो । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घा मगरले गोल गर्दै अग्रता दिलाएकी थिइन् । नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

दोस्रो हाफको सुरुमै सावित्रा भण्डारीले गरेको पोस्ट चार्ज भने श्रीलंकाली गोल किपरल बचाएकी थिइन् । कप्तान निरु थापाले पनि पटक पटक पोस्ट चार्ज गरेकी थिइन् । दोस्रो हाफमा डी बक्सभित्र श्रीलंकाली खेलाडीले ह्याण्ड गर्दा पनि रेफ्रीले पेनाल्टी दिएनन् ।

७२ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । ८१ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरिन् । ३ गोलको अग्रता बनाएको नेपाललाई रेखा पौडेलले चौथो गोल गरेकी थिइन् ।

नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि आजै हुने छ ।
प्रतियोगिताअन्तर्गत आजै दिउँसो भारत र बंगलादशेबीच दोस्रो सेमिफाइनल हुने छ । नेपालले उपाधिका लागि शुक्रबार दिउँसो ३ बजे भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...