च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक

Ninibi1wek0rg3sr36wh

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । सोअनुसार स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसित प्रतिस्पर्धा गर्ने भएको छ ।

यस्तै, इटालियन क्लब युभेन्ट्सले डच क्लब आयाक्स प्रतिद्वन्द्वी पाएको छ । त्यस्तै, इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टो प्रतिस्पर्धी पाएको छ ।

त्यस्तै, क्वार्टरफाइनलमा दुई इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपरले प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनलको पहिलो लेगका खेलहरु आगामी अप्रिल ९ तारिखमा हुनेछन् ।

युरोप लिगको क्वार्टरफाइनल ‘ड्र’ : युरोप लिगको क्वार्टरफाइनल ‘ड्र’पनि सार्वजनिक भएको छ । ड्रअनुसार आर्सनलले नापोलीसित तथा चेल्सीले स्लाभिया प्रागसित खेल्नेछ ।

त्यस्तै, भिल्लारियलले भ्यालेन्सियासित तथा बेनेफिकाले इन्ट्राच फ्यांकफर्टसित अप्रिल ११ मा खेल्नेछ ।

प्रतिकृया दिनुहोस