नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा प्रवेश

Bhuta india1

काठमाडौं । नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समुह चरणको दोस्रो खेलमा बंगलादेशले भुटानलाई पराजित गरेसंगै नेपाल एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

विराटनगरमा भइरहेको प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

भुटान प्रतियोगिताको समुह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । साफको पाँचौ संस्करणसम्म आईपुग्दा भुटान प्रतियोगितामा जित विहिन छ । उसले साफमा अहिलेसम्म एक जित समेत दर्ता गर्न सकेको छैन ।

नेपाल महिला साफको सेमिफाइनलमा लगातार पाँचौ पटक प्रवेश गरेको हो । नेपाल सम्मिलित समूह ‘ए’ अन्तर्गत बिहीबार भएको खेलमा बंगलादेशले भुटानलाई २–० गोलले हराएको हो । योसँगै नेपालले अन्तिम खेलअघि नै अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो ।

बिहीबारको खेलमा बंगलादेशलाई पहिलो हाफमा गोररहित बराबरीमा रोकेको भुटान मध्यान्तरपछि भने सम्हालिन सकेन । खेलको सुरुवातबाटै भुटानलाई दबाबमा राखेको बंगलादेशका लागि दुबै गोल मध्यान्तरपछि मात्रै सम्भव भएको हो । नेपालसँगको खेलको तुलनामा सुधारिएको प्रदर्शन गरे पनि मध्यान्तर अघिको रणनीतिलाई कायम राख्न नसक्नु भुटानका लागि दुर्भाग्यपूर्ण बन्यो। मध्यान्तरपछि भुटानका खेलाडी ‘फर्म’मा आउन नपाउँदै बंगलादेशले गोलको खाता खाल्यो ।

खेलको ४७ औं मिनेटमा मोस्त मिश्रात अहान मौशुमीले हेडर गोल गर्दै बंगलादेशलाई अग्रता दिलाउँदा भुटान गोलसहितको दबाब झेल्न बाध्य बन्यो। मोनिका चक्माको कर्नर प्रहारलाई सदुपयोग गर्दै मौशुमीले आफ्नो टिमलाई अग्रता दिलाएको यही गोल बंगलादेशका लागि ‘टर्निङ पोइन्ट’ बन्यो । बंगलादेश यतिमै रोकिएन। त्यसपछि उसका हरेक प्रयासलाई सफल हुनबाट रोकिरहेको भुटानले खेल सकिन ५ मिनेट बाँकी छँदा दोस्रो गोलको सामाना गर्नु पर्‍यो ।

भुटानमाथि जित हात पारेको बंगलादेश पनि समूहको अन्तिम खेलअघि सेमिफाइनलमा पुगेको छ । लगातार २ खेलमा पराजित भुटान भने पराजित भएको छ । अब शनिबार नेपाल र बंगलादेशबीच हुने खेल समूह विजेताका लागि हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...